नियम ३९ञ
भू–उपयोग समितिको गठन
(१) जिल्लामा भू–उपयोग कार्यक्रम संचालन गर्न तथा ऐनको दफा ५१छ. को प्रयोजनको लागि एक जिल्लास्तरीय भू–उपयोग समितिको गठन हुनेछ । (२) उपनियम (१) बमोजिमको समितिमा परिषद्को सिफारिशमा मन्त्रालयले तोकेको अध्यक्ष तथा सदस्य रहने छन् । (३) समितिको बैठक सम्बन्धी कार्यविधि उपनियम (१) बमोजिम गठित समितिले आफैले निर्धारण गरे बमोजिम हुनेछ ।